Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

बिचौलिया प्रयोग गरी ठेक्कामा बार्गेनिङ, ऊर्जामन्त्री खड्का हट्ने चर्चापछि ठेकेदारहरुलाई लगानी डुब्ने चिन्ता

बिचौलिया प्रयोग गरी ठेक्कामा बार्गेनिङ, ऊर्जामन्त्री खड्का हट्ने चर्चापछि ठेकेदारहरुलाई लगानी डुब्ने चिन्ता

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्षमता देखाउन नसकेका मन्त्रीहरूलाई हटाउने संकेत गरेका छन् । उनले कार्यक्षमता देखाउन नसक्ने मन्त्रीहरुलाई बदल्ने चेतावनीसमेत दिएका छन् ।

बुधबार सिंहदरबारमा मन्त्रालयहरूको त्रैमासिक समीक्षा बैठकलाई सम्बोधन गर्ने क्रममा कार्यक्षमता देखाउन नसक्ने मन्त्रीहरुलाई हटाउने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले संकेत गरेका कार्यक्षमता देखाउन नसकेका मन्त्रीहरु को को हुन् त ? ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का पनि कार्यक्षमता देखाउनेभन्दा ठेक्कामा कमिसन बार्गेनिङमा तल्लीन रहने गरेको सूचना बालुवाटारदेखि बुढानीलकन्ठसम्म पुगेको छ ।

मन्त्री खड्काले बिचौलिया अरुण केसीलाई मोलमोलाइका लागि ठेकेदारहरुसँग पठाउने गरेको आरोप छ । जग्गा कारोबारी केसीले ठेकेदारहरु मात्र होइन, आयोजना प्रमुखहरुसँग पनि मन्त्री खड्काको दूतको रुपमा मोलतोल गर्ने गरेका छन् ।

मन्त्रीका दूत केसीसँग मोलतोल नमिलेपछि सिक्टा सिंचाई आयोजनाका प्रमुख गोपाल शर्मा २ महिनामै फालिएका छन् । साढे ३ अर्बको ठेक्का मन्त्री खड्काले भनेअनुसार नगरेपछि उनको सरुवा भएको सिंचाई विभागका एक अधिकारी बताउँछन् ।

मन्त्री खड्का पनि रेडजोनमा परेपछि ठेकेदारहरु लगानी डुब्ने चिन्तामा परेका छन् । सम्झौता हुन लागेका ठेक्कामा दूत केसीमार्फत् सेटिङ मिलाएका ठेकेदारहरु मन्त्री खड्का पनि हट्ने चर्चापछि लगानी डुब्ने चिन्तामा परेका हुन् ।

मन्त्री खड्काले बिचौलिया परिचालन गरी ठेक्कापट्टादेखि कर्मचारी सरुवामा अनियमितता गरेको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत धेरै उजुरी परेका छन् ।

ऊर्जामन्त्री खड्काले मन्त्री भएदेखि नै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बिषयमा दोहोरो मापदण्ड अपनाएकोमा प्रधानमन्त्री ओली रुष्ट छन् । खड्काले बुढानीलकन्ठ र बालुवाटार दुबैतिर झगडा गराउने र घिसिङसँग बार्गेनिङ गर्ने काम गरेका थिए ।

बालुवाटार बिरोधमा रहेको भन्दै उनले कुलमान घिसिङसँग मोलमोलाई गरेका थिए । जलबिद्युत आयोजनाका प्रबद्र्धकदेखि ठेकेदारसँग समेत मन्त्री खड्काका दूत केसीले चर्को बार्गेनिङ गरेको आरोप छ ।

कांग्रेस नेता डा. सशांक कोइराला र बुढानीलकन्ठलाई समेत रिझाएर मन्त्री भएका हुन् खड्का । तर उनले पछिल्ला दिनमा बुढानीलकन्ठ र बालुवाटारमा कुलमानको बिषयमा परस्पर बिरोधी कुरा गरेर झगडा गराउँदै लाभ लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077