Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

बीआरआईबारे एमाले र कांग्रेसबीच कुनै विवाद छैन : परराष्ट्रमन्त्री राणा

बीआरआईबारे एमाले र कांग्रेसबीच कुनै विवाद छैन : परराष्ट्रमन्त्री राणा

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बीआरआईबारे एमाले र कांग्रेसबीच कुनै विवाद नरहेको स्पष्ट पारेकी छन्।

चीन उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै परराष्ट्रमन्त्री राणाले यस्तो बताएकी हुन्।

उनले चीन र नेपालबीचको आपसी समझदारीमा बीआरआई कार्यान्वयन हुने बताइन्। परराष्ट्रमन्त्री राणाले भनिन्, 'बीआरआई कार्यान्वयनबारे बाहिर आएजस्तो दलहरूबीच कुनै विवाद छैन।'

प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि हुने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा बिहीबार त्यसतर्फ प्रस्थान गरेकी हुन्।

भ्रमणका क्रममा मन्त्री राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भोलि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला उठाउनुपर्ने मुद्दाका बारेमा विदेशमन्त्री यीसँग छलफल गर्नेछिन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077