Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

चुनाव हुने स्थानमा शंकास्पद व्यक्तिलाई प्रवेश गर्न नदिन निर्वाचन आयोग निर्देशन

चुनाव हुने स्थानमा शंकास्पद व्यक्तिलाई प्रवेश गर्न नदिन निर्वाचन आयोग निर्देशन

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन हुने स्थानहरुमा शंकास्पद व्यक्तिलाई प्रवेश नदिन निर्देशन दिएको छ ।

निर्वाचन आयोगको आज बसेको बैठकपछि जारी विज्ञप्तिमा उक्त निर्देशन दिइएको हो ।

बैठकपछि जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिता पालना गर्न र गराउन सबै सरोकारवालाहरूलाई स्मरण गर्दै चुनाव हुने स्थानीय तहमा शंकास्पद व्यक्तिको प्रवेश निषेध र उनीहरूका गतिविधिमा उच्च निगरानी गर्न समेत सरकारलाई निर्देशन दिइएको छ ।

स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ ।

निर्वाचनका क्रियाकलापहरूमा परिचालन हुने कर्मचारी सुरक्षाकर्मीहरूबाट सबै उम्मेदवार र राजनीतिक दलहरूप्रति समान व्यवहार गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077