Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

साइबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।

मंसिर ४ गते भक्तपुरबाट पक्राउ परेका प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कीर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका ५ वटा कसुरमा अनुसन्धान गरिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएपछि प्रसाईँमाथि किर्तेसहित साईबर अपराध लगायत अन्य विविध कसुरमा पनि अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077