Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

आफैँमाथि गोली हानेका असईले चार बर्षअघि इन्सपेक्टरलाई ताकेका थिए पेस्तोल

आफैँमाथि गोली हानेका असईले चार बर्षअघि इन्सपेक्टरलाई ताकेका थिए पेस्तोल

शुक्रवार , मंसिर १४, २०८१

अछाम । अछाममा गएराति आफैँमाथि गोली चलाएका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले यसअघि कैलालीमा प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई पेस्तोल ताकेको खुलेको छ ।

चन्द २०७६/७७ मा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थिए । सोही बेला उनले आफ्ना कमान्डर समेत रहेका एक प्रहरी निरीक्षकलाई पेस्तोल ताकेका थिए ।

तर त्यसबेला उनले प्रहरी निरीक्षकसँग माफी माग्दै पुनः त्यस्तो नदोहोर्‍याउने प्रतिबद्धता जनाएका थिए । त्यसपछि भने उनीमाथि कारवाही नभएको बताइएको छ ।

प्रहरी निरीक्षकलाई पेस्तोल ताकेको चार वर्षपछि बिहीबार भने चन्दले आफैँमाथि गोली चलाएका छन् । तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका चन्द आफैले बोकेको पेस्तोल बाँया छातीमा प्रहार गरेपछि घाइते भएका छन् ।

उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाबारे छानविनका लागि गर्न जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

यता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले पनि अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077