Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

एआइजी बज्राचार्यको अवकाश मितिमा विवाद, तीन एआईजी र दुई डिआइजीले अवकाश पाउँदै

एआइजी बज्राचार्यको अवकाश मितिमा विवाद, तीन एआईजी र दुई डिआइजीले अवकाश पाउँदै

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । नेपाल प्रहरीकी एआइजी किरण बज्राचार्यको अवकाश मितिमा विवाद देखिएको छ ।

प्रहरी किताबखानाले एक महिनाअघि नै आफुलाई अवकाश दिन लागिएको भन्दै उनले सच्याउन निवेदन दिएकी छिन् ।

किताबखानाले उनलाई १६ मंसिरमा अवकाश हुने पत्र दिएको हो । तर, उनले १६ पुसमा अवकाश हुने दाबी गरेकी छिन् । उनको जन्म मिति ३१ डिसेम्बर हुनुपर्नेमा १ डिसेम्बर भनेर गलत विवरण परेकाले अहिले विवाद भएको स्रोत बताउँछ । किताबखानाले उनको अवकाश मिति सच्याउन लागेको छ ।

बज्राचार्य हाल उपत्यका प्रहरी कार्यालयको प्रमुख छिन् । यसअघि सिआइबीमा कार्यरत रहँदा उनलाई न्यायिक आयोगले कारबाही सिफारिस गरेको थियो ।

उता अबको एक महिनाभित्र नेपाल प्रहरीका तीन एआइजी र दुई डिआइजीले अबकाश पाउँदैछन् ।

आगामी २१ मंसिरमा एआईजी केदार ढकाल तथा २६ मंसिरमा भिम ढकालले अवकाश पाउनेछन् । ३० मंसिरमा डिआइजी अर्जुन चन्द ठकुरीले पनि अवकाश पाउनेछन् । उनीपनि अवकाशअघि एआइजीको फुली लगाउने दौडधुपमा लागेका छन् ।

त्यस्तै, १४ पुसमा अवकाश पाउन लागेका डिआइजी भरत बोहरा शेरबहादुर देउवाका पूर्वपिएसओ भएकाले एक साताका लागि भए पनि एआइजी हुने दाउमा लागेका छन् । १६ पुसमा एआइजी किरण बज्राचार्यले पनि अवकाश पाउनेछिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077