Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

श्रीमतीले गरिन् ईटा प्रहार गरी श्रीमानको हत्या, घरमै लुकाएकी थिइन् शव !

श्रीमतीले गरिन् ईटा प्रहार गरी श्रीमानको हत्या, घरमै लुकाएकी थिइन् शव !

शुक्रवार , मंसिर १४, २०८१

कञ्चनपुर । कञ्चनपुर प्रहरीले श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । जिल्लाको बेलौरी नगरपालिका–६ भुराकोट बस्ने ४९ वर्षीय सियाराम रानाको हत्या गरेको आरोपमा उनकी श्रीमती जनककुमारी रानालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले बिहीबार आफ्नै घरमा हत्या गरेको अवस्थामा भेटिएका रानाको हत्या उनकै श्रीमतीले गरेको पाइएपछि पक्राउ गरिएको जानकारी दिए ।

उनकाअनुसार बिहीबार साँझ साढे ७ बजेको समयमा शौचालयमा चिप्लिएर रानाको मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरिएको थियो तर मृतकको शव शौचालयमा नभएर घरको ग्यालरीको कुनामा सिरकले छोपिएको अवस्थामा फेला परेको थियो ।

मृतकको टाउको र तालुमा रहेको चोटका आधारमा प्रहरीले घटना शंकास्पद भएको भन्दै अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा रानाको घर कोठा खानतलासी गर्दा कोठा, कुर्सी, ढोका लगायतका ठाउँमा रगत लागेको भेटिएको थियो ।

खाटमुनी रगत लागेको ईटा भेटिएको थियो भने दराजमा महिला र पुरुषले लगाउने कपडा रगतले भिजेको अवस्थामा फेला परेका थिए । सोधपुछका क्रममा मृतककी श्रीमती रानाले बिहीबार बिहान दुवै जनाबीच झगडा भएको र दिउँसो सुतेका बेला ईटा प्रहार गरि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

रानाविरुद्ध कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरि जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077