Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारबाही गर्ने गृहको चेतावनी

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारबाही गर्ने गृहको चेतावनी

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले आज विज्ञप्ति निकालेर पछिल्लो समय सामाजिक सञ्जालमार्फत सार्वजनिक शान्ति सुव्यवस्थामाथि खलल पुग्ने गरी घृणाजन्य अभिव्यक्ति फैलाउने काम भइरहेको भन्दै त्यस्ता व्यक्तिलाई कानूनी दायरामा ल्याउने जनाएको हो ।

मन्त्रालयको विज्ञप्तिमा सामाजिक सञ्जाललगायतका माध्यमको गलत प्रयोग गरी कानूनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्‍याउने किसिमले घृणाजन्य अभिव्यक्ति फैलाउन काम भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

जो कोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानूनद्वारा बर्जित र दण्डनीय त्यस्ता गतिविधिलाई कानूनी दायरामा ल्याइने भएकोले त्यस्तो कार्य नगर्न/नगराउनु विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077