Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

लीलाबल्लभ जोडिएको जापान मानव तस्करी प्रकरणमा तीनजना कारागार चलान

लीलाबल्लभ जोडिएको जापान मानव तस्करी प्रकरणमा तीनजना कारागार चलान

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौँ । नक्कली कागजात तयार गरेर जापानमा मानव बेचबिखन तथा ओसार पसार गरेको आरोपमा तीनजना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश बलराम लम्सालको इजलासले उनीहरुलाई कारागार पठाउन आदेश दिएको हो । यस्तै तीन जनालाई धरौटी र दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिइएको छ ।

यो काण्ड कोशी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका प्रदेश सभा सदस्य लीलाबल्लभ अधिकारी जोडिएको हो । जेल जानेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–६ का ३४ वर्षीय महेश पाण्डे, नुवाकोटको विदुर नगरपालिका–७ का २२ वर्षीय जुगल रिजाल र दोलखाको जिरी नगरपालिका–९ का ३० वर्षीय वीरबहादुर सुनुवार रहेका छन् ।

तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीसँगै जापान पुगेका खोटाङको केपिलासगढी गाँउपालिका ४ का ४१ वर्षीय जनक राई, खोटाङकै ऐँसेलुखर्क गाँउपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाँउपालिका–५ का २१ वर्षीय कन्चन देवकोटालाई जनही ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो।

नक्कली कागजात तयार गरेको आरोपमा पक्राउ परेका खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्डी राईलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077