Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

असईले आफैंलाई गोली ठोकेको प्रकरण : इन्स्पेक्टर र एसपी नेतृत्वको छुट्टाछुट्टै छानविन समिति गठन

असईले आफैंलाई गोली ठोकेको प्रकरण : इन्स्पेक्टर र एसपी नेतृत्वको छुट्टाछुट्टै छानविन समिति गठन

शुक्रवार , मंसिर १४, २०८१

अछाम । अछाममा प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैँमाथि गोली चलाएको प्रकरणमा दुईवटा छुट्टाछुट्टै छानविन समिति बनेका छन् ।

सो घटनाको अनुसन्धान तथा छानविनका लागि जिल्ला प्रहरी कार्यालय अछाम र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै छानविन समिति बनाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय अछामले इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

यस्तै प्रदेश प्रहरी कार्यालयले घटनाबारे छानविन गर्न डोटी प्रहरीका प्रमुख तथा एसपी बिनोद शर्माको नेतृत्वमा समिति बनाएको बुझिएको छ ।

सो समितिलाई सात दिनभित्र छानबिन प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका असई चन्दले बिहीबार राति साढे ९ बजेतिर आफैले बोकेको पेस्तोलले आफ्नै बाँया छातीमा गोली हानेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था पनि सामान्य रहेको बताइएको छ । उनले आफैँलाई किन गोली हाने भन्ने कारण भने नखुलेको अछाम प्रहरीले जनाएको छ ।

साथै असई किसनबहादुर चन्दले यसअघि जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत हुँदा पनि प्रहरी निरीक्षक (इन्सपेक्टर) माथि पेस्तोल ताकेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077