Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

गिरीबन्धु टी स्टेटमा कुकर बम राखेर आतंक मच्चाएको आरोपमा राजकुमार र धिरज पक्राउ

गिरीबन्धु टी स्टेटमा कुकर बम राखेर आतंक मच्चाएको आरोपमा राजकुमार र धिरज पक्राउ

शुक्रवार , मंसिर १४, २०८१

झापा । झापा प्रहरीले बिर्तामोडस्थित गिरीबन्धु टी स्टेटको चिया उद्योग अगाडि कुकर बम राखेर आतंक मच्चाउने दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका–९ मधुमल्लाका ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका-६ शिवालय टोलका २० वर्षीय धिरज माझी पक्राउ परेका हुन् ।

राजकुमारलाई उर्लाबारी नगरपालिका–७ उर्लाबारी चोकबाट र धिरजलाई पथरीशनिश्चरे नगरपालिका–१ जातेरोड चोकबाट बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूले नेकपा (माओवादी) पूर्व केन्द्रीय कमान्डको नामबाट गत भदौ २८ गते बिहान अन्दाजी ६ः१० बजे बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धुकै शमशेर एन्ड गंगादेवी टी स्टेट प्रालिको पश्चिम पर्खालनजिकै क्षति पुर्‍याउने उद्देश्यले कुकर बम राखेका थिए ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । दुवै जनामाथि झापा जिल्ला अदालतबाट विस्फोटक पदार्थसम्बन्धी कसुरमा ३ दिन म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077