Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बिहेको विषयमा विवाद हुँदा ब्लेडले घाँटी रेटेर प्रेमीले गरे प्रेमिकाको हत्या

बिहेको विषयमा विवाद हुँदा ब्लेडले घाँटी रेटेर प्रेमीले गरे प्रेमिकाको हत्या

शनिवार , मंसिर १५, २०८१

जनकपुरधाम । मंसीर ८ गते विहिबार प्रहरीले जनकनन्दिनी गाउँपालिका–४ खजुरी स्थित आमा खोलामा प्लास्टिकको बोराभित्र फेला पारेको शव मृतकका प्रेमीले हत्या गरेको फालेको खुलेको छ ।

बिहे गर्ने विषयमा विवाद हुँदा प्रेमीले प्रेमिकाको हत्या गरेको जनकपुर प्रहरीले जनाएको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका–५ उधा टोलकी २० वर्षीया रेखा कुमारी मण्डलको हत्या भएको हो ।

बिहे गर्ने विषयमा कुरा नमिलेपछि रेखाका प्रेमीले घटनास्थलमा बोलाएर ब्लेडले घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट देखिएको जनकपुर प्रहरीले बताएको छ ।

रेखाको हत्या आरोपमा धनुषा प्रहरीले विहिबार जनकनन्दिनी गाउँपालिका–३ का २२ वर्षीय राम ललित खत्वे मण्डल, २० वर्षीय ज्ञानेन्द्र दास र धनुषाको शहिदनगर नगरपालिका ८ नाथपट्टीका २४ वर्षीय रमेशकुमार मण्डललाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार मृतक रेखाको हत्याका मुख्य आरोपी रामललित हुन् । चारवर्षदेखि रेखा र रामललितबीच प्रेम सम्बन्ध रहेको र विवाह गर्ने विषयमा भएको विवादमा हत्या भएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार रेखाको परिवारले रामललितसँग विवाह सम्बन्ध स्वीकार गर्न नमानेको, रेखाले आफ्नो घरबाट भागेर रामललितलाई बिहे गर्न दबाब दिएको, तर रामललित नेपाली सेनामा फर्म भरेको हुँदा जागिर खाइसकेपछि मात्र विवाह गर्ने भनेकोमा विवाद हुँदै आएको थियो ।

रामललितले रेखालाई घटनास्थलमा भेटघाटको लागि बोलाउन साथी ज्ञानेन्द्र र रमेशको सहयोग लिएका थिए । त्यहाँ रेखा आएपछि उनले ब्लेडले घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट देखिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077