Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

गगन लक्षित प्रचण्डको अभिव्यक्ति – अनैतिक र झुटा कुरा गर्न सक्ने भएको देख्दा दया लागेको छ

गगन लक्षित प्रचण्डको अभिव्यक्ति – अनैतिक र झुटा कुरा गर्न सक्ने भएको देख्दा दया लागेको छ

शनिवार , मंसिर १५, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई आत्मसमीक्षा गर्न अनुरोध गरेका छन्।

शनिबार काठमाडौंमा कागेश्वरी मनोहरा–२ आलापोट पुगेका प्रचण्डले पत्रकारहरूसँग कुराकानीका क्रममा कांग्रेस महामन्त्री थापालाई आत्मसमीक्षा गर्न आग्रह गरेका हुन्।

अध्यक्ष प्रचण्डले गगन थापामा केही महिनामा आएको परिवर्तन र त्यतिसम्म झरेर हुँदै नभएको कुरा जनताका अगाडि बोलेको देख्दा दया लागेको पनि बताए।

उनले भने–‘कति छिटो कति तल झर्न सकेको हो। एउटा राम्रो सम्भावना बोकेको युवा नेता। यति छिटो यति अनैतिक र झुटो कुरा गर्न सक्ने हुनुभएको देख्दा उहाँप्रति साँच्चै नै दया लागेको छ ।’

कीर्तिपुरमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले माओवादी अध्यक्ष प्रचण्डले हप्तामा एकपटक आफ्ना सभापति देउवालाई प्रधानमन्त्री बनिदिन खबर पठाउने गरेको अभिव्यक्ति दिएका थिए।

तर, त्यसको पर्र्सीपल्टै अध्यक्ष प्रचण्डले गगन थापाको अभिव्यक्तिमा कुनै सत्यता नभएको बताए।

उनले भने–‘सतप्रतिशत झुटो कुरा हो। भनेको छैन बरू भन्दा पनि भन्दिनँ। मैले त भनिराखेको छु सरकारबाट बाहिर आएर जनतामा जाँदा नै हामीलाई सहज भइरहेको छ। सरकार तपाईहरू ०८४ सम्म चलाउनु भनेर पटकपटक भनेको छु ।’

उनले कांग्रेस सभापति शेरबहादुर देउवसँग प्रत्यक्ष र परोक्ष रूपमा कुनैपनि कुरा नभएको पनि बताए। ‘त्यसकारण यस्तो झुटो कुरा गगन जी तपाईं आत्मसमीक्षा गर्नुहोला भन्न चाहन्छु,’ प्रचण्डले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077