Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

बीआरआईमा भएको समझदारी अनुसार नै नयाँ सम्झौता हुन्छ : परराष्ट्रमन्त्री राणा

बीआरआईमा भएको समझदारी अनुसार नै नयाँ सम्झौता हुन्छ : परराष्ट्रमन्त्री राणा

शनिवार , मंसिर १५, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले बीआरआईमा भएको समझदारी अनुसार नै नयाँ सम्झौताहरू हुने बताएकी छन् ।

चीन भ्रमणबाट फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै परराष्ट्रमन्त्री राणाले यस्तो बताएकी हुन् । उनले बीआरआईमा सन् २०१७ मा एमओयू भएको स्मरण गर्दै सोही सेरोफेरोमा रहेर सम्झौताहरू हुने बताइन्।

चीनका जारी रहेका पुराना आयोजना र नयाँ आयोजनाहरूलाई कसरी बीआरआई अन्तर्गत अगाडि बढाउने त्यसमा छलफल भएको बताउँदै उनले दोस्रो रिङरोड, हिल्सा सिमिकोट सडक, अरनिको राजमार्गलाई बीआरआई अन्तर्गत राखेर बनाउने चीनले पहिला नै घोषणा गरिसकेको बताइन् ।

टोखा छहरे सुरुङ मार्ग, सीमा नाकालगायतका आयोजना नयाँ ढङ्गले अगाडि बढाउने बताउँदै उनले यी सबै विषयमा दुई दलको बिचमा सहमति भइसकेको बताइन् ।

नेपाली राजनीतिको इतिहासमा पहिलो पटक यसरी दलहरू कुनै विषयमा बसेर अक्षर अक्षर केलाएर छलफल गरि सहमति गरेको उनले बताइन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री आरजु मङ्सिर १३ गते चीन भ्रमणमा गएकी थिइन्।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको मङ्सिर १७ गतेदेखि हुन लागेको चीन भ्रमणको तयारी र एजेन्डाको विषयमा छलफल गर्न उनी चीन पुगेकी थिइन् । गरिएको मन्त्री आरजुले बताइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077