Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सत्ता समीकरण परिवर्तन गर्न कसैले कोसिस नगरे हुन्छ : अर्थमन्त्री पौडेल

सत्ता समीकरण परिवर्तन गर्न कसैले कोसिस नगरे हुन्छ : अर्थमन्त्री पौडेल

शनिवार , मंसिर १५, २०८१

रुपन्देही । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सत्ता समीकरण कुनै हालतमा पनि परिवर्तन नहुने बताएका छन् ।

रुपन्देही उद्योग संघको ४७ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

एमाले र कांग्रेसको सत्ता गठबन्धन भत्काएर नयाँ सत्ता समीकरण बनाउन कसैले कोसिस नगरे हुने उनको भनाइ छ ।

एमाले र कांग्रेसको वर्तमान सत्ता समीकरण आगामी निर्वाचनसम्म नै कायम रहने अर्थमन्त्री पौडेलले दाबी गरे।

उपप्रधानमन्त्री पौडेलले विगतमा छिनछिनमा सरकार परिवर्तन भइरहेको हुनाले वर्तमान सरकार पनि कति बेला परिवर्तन होला भन्ने आशंका उब्जिएको हुन सक्ने बताए ।

उनले विगतको अनुभव काम नलाग्ने बताउँदै वर्तमान सत्ता गठबन्धनको सरकार २०८४ सम्म नै कायम रहने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077