Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

ड्युटीकै क्रममा गाडीको ठक्करबाट सशस्त्रका सईको मृत्यु

ड्युटीकै क्रममा गाडीको ठक्करबाट सशस्त्रका सईको मृत्यु

आइतवार , मंसिर १६, २०८१

सिरहा । सिरहामा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका एकजना सईको मृत्यु भएको छ।

जिल्लाको बरियारपट्टी गाउँपालिका– १ मा ड्युटीमै रहेका बेला आज बिहान करिब ३ बजे सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको हो ।

उनलाई नम्बर खुल्न नसकेको चारपाङ्ग्रे गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सई यादवलाई ठक्कर दिएर गाडी भारततर्फ भागेकाले नम्बर खुल्न सकेको छैन ।

गाडीको खोजतलास भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

तीव्र गतिमा आएको गाडी सई यादवले रोक्न खोजेपछि उनैलाई ठक्कर दिएर भागेको र उनको घटनास्थलमै मृत्यु भएको हो । मृतक यादव बीओपी बरहरीमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077