Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रविको रिहाई माग गर्दै माइतीघरमा विरोध प्रदर्शन

रविको रिहाई माग गर्दै माइतीघरमा विरोध प्रदर्शन

आइतवार , मंसिर १६, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै रास्वपाका नेता कार्यकर्ताहरुले आज पनि विरोध प्रदर्शन गरेका छन् ।

आइतबार दिउँसो काठमाडौंको माइतीघरमा रास्वपाका नेता कार्यकर्ता र लामिछानेका समर्थकहरूले प्रदर्शन गरेका हुन्।

नेता कार्यकर्ताले ‘राजनीतिक प्रतिशोध बन्द गर, रवि दाइलाई रिहा गर’ लगायतका माग राखेर माइतीघरमा प्रदर्शन गरिरहेका छन् ।

सहकारी ठगी आरोपमा पक्राउ परेका लामिछानेलाई पोखराबाट काठमाडौं ल्याउने तयारी हुँदा रास्वपाका नेता कार्यकर्ताले विरोध गरिरहेका छन् ।

‘रवि दाइलाई न्याय दे’ प्लाकार्ड बोकेर उनीहरुले विरोध गरिरहेका छन् ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका लामिछानेको सरकारी वकिल कार्यालय काठमाडौंमा आइतबार पनि बयान भएको छ।

उनीमाथि कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन गरेको अभियोग छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077