Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशीलाई बयानका लागि चितवन लगियो

सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशीलाई बयानका लागि चितवन लगियो

आइतवार , मंसिर १६, २०८१

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई आज चितवन लगिएको छ ।

चितवनमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयानका लागि पूर्वडीआईजी जोशीलाई चितवन लगिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीलाई आइतबार बिहान बयानका लागि चितवन ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पूर्वडीआईजी जोशीका साथै रामबहादुर ढकाललाई चितवन ल्याइएको छ । जिल्ला सरकारी वकिल कार्यालयमा उनीहरुको बयान सकिएपछि पोखरा नै फिर्ता गराउने प्रहरीको तयारी छ ।

त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवन ल्याउने प्रहरीको तयारी छ ।

५ मंसिरमा २४ जना बचतकर्ताले साहारा सहकारीको रकम अपचलन गरेको भन्दै लामिछानेसहित १० जनाविरुद्ध जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077