Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रविको आजको बयान सकियो, भोलि पनि बयान लिइने

रविको आजको बयान सकियो, भोलि पनि बयान लिइने

आइतवार , मंसिर १६, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आजको बयान सकिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा आज बिहान साढे १० बजेदेखि बयान गराइएको हो ।

उनको बयान नसकिएकाले सोमबार पुन: बयान हुनेछ । लामिछानेसँग गत शुक्रबार पनि बयान लिइएको थियो।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो ।

कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई भैरहवा लगेर पनि बयान लिइएको छ ।

२ कात्तिकमा प्रहरीले पक्राउ गरेक लामिछानेलाई हालसम्म ५ पटक अनुसन्धानका लागि म्याद थपेको छ ।

काठमाडौंमा बयान सकिएसँगै उनलाई फेरि कास्की लगिनेछ। त्यसपछि चितवन लैजाने प्रहरीको तयारी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077