Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कास्कीमा कार्यरत दुईजना बरिष्ठ सईलाई दर्ज्यानी चिन्ह प्रदान

कास्कीमा कार्यरत दुईजना बरिष्ठ सईलाई दर्ज्यानी चिन्ह प्रदान

आइतवार , मंसिर १६, २०८१

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले दुईजना प्रहरी बरिष्ठ नायव निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ ।

हालै प्रहरी नायव निरीक्षकबाट प्रहरी बरिष्ठ नायव निरीक्षकमा बढुवा भएका बसन्त राज भुसाल र मोहन बहादुर बमलाई आइतबार कास्कीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) श्याम बाबु ओलियाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

उनले दर्ज्यानी चिन्ह प्रदान गर्नुका साथै उनीहरूको योगदान र भविष्यका जिम्मेवारीप्रति सचेत रहन निर्देशन समेत दिए ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा कार्यालयका अन्य प्रहरी कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077