Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

डीएसपी भण्डारीले लगाइदिए साउदसहित तीन जनालाई सईको फुली

डीएसपी भण्डारीले लगाइदिए साउदसहित तीन जनालाई सईको फुली

आइतवार , मंसिर १६, २०८१

अछाम । अछाममा कार्यतर तीनजना प्रहरी नायव निरीक्षक (सई) लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

हालै प्रहरी सहायक निरीक्षकबाट नायव निरीक्षकमा बढुवा भएका बहादुर सिंह धामी, पदम बहादुर साउद र बिर सिंह चैसिरलाई जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक ईश्‍वरी प्रसाद भण्डारीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग र कर्मचारी प्रशासन शाखाबाट मिति २०८१।०८।११ र २०८१।०८।१४ गते जारी निर्णय र पत्रअनुसार प्रहरी नायव निरीक्षकमा बढुवा भएका प्रहरी सहायक निरीक्षकहरू धामी, साउद र चैसिरलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको अछाम प्रहरीले जनाएको छ ।

डीएसपी भण्डारीले नवपदोन्नती प्राप्त अधिकृतहरूलाई बधाई तथा शुभकामनासँगै आवश्यक निर्देशन पनि दिए । दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा कार्यालयका अन्य प्रहरी कर्मचारी लगायतको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077