Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

एसपीको २५ लाख घुसकाण्ड, छानविन रोकेर जोगाउने चलखेल

एसपीको २५ लाख घुसकाण्ड, छानविन रोकेर जोगाउने चलखेल

आइतवार , मंसिर १६, २०८१

काठमाडौं । तल्लो तहका प्रहरी अधिकारी एक/दुई सय घुस लिएको आरोपमा निलम्बनमा पर्दछन् । तर, नेपाल प्रहरीका एक एसपी भने २५ लाख रुपैयाँ घुस लिएको पुष्टि हुँदा पनि कारबाहीमा परेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय, मोरङमा रहँदा एसपी नवराज कार्कीले क्रिप्टो र अनलाइन जुवाको आरोपमा पक्राउ परेका युवासँग २५ लाख लेनेदन गरेका थिए । सोही काण्डमा उनलाई कात्तिकको पहिलो साता नै हटाइएको थियो ।

तर, अहिलेसम्म पनि कारबाही भने गरिएको छैन । लगत्तै कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भिमप्रसाद दाहालको नेतृत्वमा छानविन समिति बनेको थियो । समितिको छानविनमा एसपीको मिलेमतो प्रष्ट देखिएको छ ।

त्यहीकारण प्रतिवेदन अझै बुझाइएको छैन । एसपी कार्कीले नै शक्तिकेन्द्रमार्फत प्रतिवेदन रोक्दै आएका छन् । उनले इन्स्पेक्टर विक्रमबहादुर भट्टराईमार्फत पैसा असुलेको पुष्टि भइसकेको छ । सो कुरा इन्सपेक्टर भट्टराईले स्वीकार गरेका थिए ।

साथै एसपीले खटाएका घुमुवाहरु हवल्दार राजकुमार श्रेष्ठ र खगेन्द्र राउत तथा सहायक हवल्दार सरोज श्रेष्ठलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनीहरुले क्रिप्टो कारोबारीलाई पक्राउ गरेर छाडेको पुष्टि भएको छ ।

पीडितलाई फकाएर सुरुमा उजुरी हाल्न रोकिएको थियो । पछि उनीहरुको बयान समेत फेर्न लगाइएको छ । त्यती गर्दा पनि एसपीलाई जोगिन गाह्रो हुने भएपछि अहिले प्रतिवेदन नै रोकेर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077