Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रविको राहदानी कीर्तेसम्बन्धी मुद्दा न्यायाधीशद्धय फुयाँल र निरौलाको इजलासमा

रविको राहदानी कीर्तेसम्बन्धी मुद्दा न्यायाधीशद्धय फुयाँल र निरौलाको इजलासमा

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी कीर्तेसम्बन्धी मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको इजलासमा परेको छ ।

सभापति लामिछानेलाई राहदानी दुरूपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरूद्धको रिट न्यायाधीशद्धय फुयाँल र निरौलाको इजलासमा पेशी परेको हो।

युवराज सफलले २०७९ चैत २० गते महान्यायाधिवक्ता कार्यालय, तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेल, जिल्ला प्रशासन कार्यालय काठमाडौं, अध्यागमन विभाग कालिकास्थान, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं, निर्वाचन आयोग, रवि लामिछानेलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए।

लामिछानेले झुटा विवरण दिएर राहदानी बनाएको अभियोगमा मुद्दा चलाउन नपर्ने भनी महान्यायाधिवक्ताले गरेको निर्णय दुराग्रहपूर्ण रहेको भन्दै पौडेल सर्वोच्च अदालत गएका थिए।

लामिछानेमाथि राहदानी विवादमा मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर हुनुपर्ने पौडेलको माग छ। उक्त मुद्दा ३० नम्बरमा पेशी रहेकाले सुनुवाइको पालो पाउने सम्भावना भने न्यून देखिन्छ ।

२०७९ चैत ६ गते महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध राहदानी दुरूपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए।

त्यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटनले लामिछानेविरूद्ध मुद्दा चलाउन आवश्यक नभएको प्रतिवेदन महान्यायाधिवक्ता कार्यालयमा बुझाएका थिए।

अमेरिकी राहदानी हुँदाहुँदै लामिछानेले नेपाली राहदानी लिएको भन्दै उनीमाथि अनुसन्धान गरेर मुद्दा चलाउन गृह मन्त्रालयमा उजुरी परेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077