Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

आईजीपी कुँवरद्धारा आठ जना डीआईजीहरूलाई दर्ज्यानी चिन्ह प्रदान

आईजीपी कुँवरद्धारा आठ जना डीआईजीहरूलाई दर्ज्यानी चिन्ह प्रदान

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएका ८ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

गृहमन्त्रीस्तरीय निर्णयअनुसार बढुवा भएका आठ डीआईजीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा डीआईजीहरू ध्रुबराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर विकले दर्ज्यानी चिह्न लगाए।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिह्नबाट सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

नेपाल प्रहरी संगठनमा आवद्ध रही आफ्नो जिम्मेवारी र भूमिका निर्वाहमा प्रदर्शित कर्तव्यनिष्ठता, कार्यकुशलता, पेशागत दक्षता एवम् इमानदारीताको मूल्यांकनको आधारमा पदोन्नति भएको चर्चा गर्दै आगामी दिनमा समेत उत्कृष्ट ढंगबाट कार्यसम्पादन हुने विश्वास व्यक्त गरे ।

पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले अझै खरो रूपमा उत्रिले विश्वास लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077