Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

चितवनमा सकियो रवि लामिछानेको बयान, बिहीबार पोखरा पठाइने

चितवनमा सकियो रवि लामिछानेको बयान, बिहीबार पोखरा पठाइने

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको आरोपमा चितवन ल्याइएका पूर्वगृहमन्त्री समेत रहेका लामिछानेको आज राति ८ बजे बयान सकिएको हो ।

मंगलबारदेखि सुरु भएको लामिछानेको बयान आज दोस्रो दिनसम्म ७० भन्दा बढी प्रश्न सोधिएर सकिएको हो । लामिछाने माथि लिखित बयान लिइएको बताइएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई साहाराको रकम अपचलनबारे बयान लिन मंगलबारचितवन ल्याइएको थियो । अब लामिछानेलाई बिहीबार पोखरा पठाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077