Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

विद्युत् प्राधिकरणमा कार्यकक्ष खोलेर उर्जामन्त्री खड्काले बिचौलिया जोगाउने काम गरे : अग्नि सापकोटा

विद्युत् प्राधिकरणमा कार्यकक्ष खोलेर उर्जामन्त्री खड्काले बिचौलिया जोगाउने काम गरे : अग्नि सापकोटा

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले विद्युत् प्राधिकरणमा उर्जामन्त्रीले कार्यकक्ष खोलेर बिचौलिया जोगाउने काम गरेको आरोप लगाएका छन् ।

बिहीबार बसेको पदाधिकारी बैठकपछि बोल्दै उपाध्यक्ष सापकोटाले यस्तो बताएका हुन् । उनले विद्युत् प्राधिकरणमा उर्जामन्त्री दीपक खड्काले कार्यकक्ष खोलेको विषयमा असन्तुष्टि जनाए।

मन्त्रीले इतिहासमै नभएको विद्युत् प्राधिकरणमा कार्यकक्ष खोलेर बस्ने काम गरेको उपाध्यक्ष सापकोटाको आरोप छ ।

उपाध्यक्ष सापकोटाले भने ‘यसले प्राधिकरणको काममा अवरोध गरेको छ । बिचौलिया र भ्रष्टाचारी जोगाउने काम गरेको छ । यसका विरुद्धमा व्यवस्थित खबरदारी सभा गर्नेछौ ।’

त्यस्तै बैठकले एक्लै चुनाव लड्ने पार्टीको निर्णय जनताबाट अनुमोदन भएको निष्कर्ष निकालेको छ ।

उपाध्यक्ष सापकोटाका अनुसार प्रारम्भिक समीक्षाका क्रममा उपनिर्वाचनको नतिजाले धेरै उत्साहवद्र्धक र महत्त्वपूर्ण अवसरहरू प्रदान गरेको छ ।

उनले उपचुनावबाट माओवादी पार्टी दोस्रो स्थानमा आएको भन्दै २०६४ पछि पार्टी पहिलो पटक एकताबद्ध भएर चुनावमा गएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077