Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

ललितपुरमा अख्तियारका नक्कली कर्मचारी पक्राउ

ललितपुरमा अख्तियारका नक्कली कर्मचारी पक्राउ

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी बनेर तस्करीको सामान छाड्न दबाब दिने रोशन चौधरी पक्राउ परेका छन् ।

ललितपुर प्रहरीले बुधबार उनलाई पक्राउ गरेको हो ।

चौधरीले आफु अख्तियारको अनुसन्धान अधिकृत हुँ भन्दै राजश्व अनुसन्धान कार्यालय, पथलैयाका कर्मचारीलाई फोन गरेर तस्करीका सामान छाड्न दबाब दिएका थिए ।

अख्तियारमा सूचना पुगेपछि छानविन सुरु भएको थियो ।

अख्तियारकै सक्रियतामा चौधरी पक्राउ परेका हुन् । उनी हार्डवेयर व्यवसायी भएको खुलेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077