Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

एनपीएल : सट्टेबाजी गराएको आरोपमा कीर्तिपुरबाट थप तीन जना पक्राउ

एनपीएल : सट्टेबाजी गराएको आरोपमा कीर्तिपुरबाट थप तीन जना पक्राउ

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी खेलाएको आरोपमा थप तीन जना पक्राउ परेका छन्।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बसेर सट्टेबाजी गराउने ३ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट खटिएको टोलीले पक्राउ गरेको हो ।

यसअघि प्रहरीले चार जना भारतीय नागरिकलाई सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको थियो ।

भारत कलकत्ता घर भएका २४ वर्षीय सुमन घोष, उत्तर प्रदेश कानपुर घर भएका अमित यादव, बिहार घर भएका २७ वर्षीय सुमन्त कुमार र बिहारकै ३० वर्षीय ब्रजेश कुमार यसअघि पक्राउ परेका थिए ।

उनीहरुले स्पोर्ट बाजी, प्रोबो ललगायत अनलाइन बेटिङ एपबाट सट्टेबाजी खेलाएको आरोप छ । पक्राउ परेकाहरुविरुद्ध सट्टेबाजी खेलाउन नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077