Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

साइबर अपराधमा अनुसन्धान भईरहेका प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी जारी

साइबर अपराधमा अनुसन्धान भईरहेका प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी जारी

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी दिएको छ ।

साइबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईंविरुद्ध राष्ट्र बैंकले पनि उजुरी दिएको हो । प्रसाईंविरुद्ध आपराधिक लाभ मुद्दामा पनि पक्राउ गरी अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

साइबर अपराध मुद्दामा साइबर ब्यूरोले अनुसन्धान गरिरहेका बेला सीआइबीले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।

प्रसाईंका सहयोगी झापाका हरिचन्द्र फुयाँललाई थुनामा राखेर सिआइबीले आपराधिक लाभ मुद्दामा अनुसन्धान गरिरहेको छ । फुयाँलले भारतीय नम्बरबाट व्यवसायी तथा राष्ट्र बैंकका कर्मचारीलाई धम्क्याएका थिए ।

प्रसाईंकै निर्देशनमा फुयाँलले व्यवसायी तथा राष्ट्र बैंकका अधिकारीलाई फोन गराएर धम्क्याएको प्रहरी अनुसन्धानका क्रममा देखिएको सीआइबी स्रोतले बतायो ।

प्रहरीले आपराधिक लाभका साथै संगठित अपराधको कसुरमा पनि प्रसाईं र उनका सहयोगीमाथि अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077