Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

‍‌औषधि खरिदमा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा

‍‌औषधि खरिदमा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले औषधि खरिदमा अनियमितता गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत बगालेसँगै तत्कालीन लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसाद, स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, जिन्सी शाखा प्रमुख सम्पैत यादव, हेल्पिङ्ग मल्टीपर्पोज प्रालि मैतीदेवी, काठमाडौं र उक्त फर्मका निर्देशक माधव प्रसाद गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

उनीहरूमाथि जनही ४ लाख ६० हजार ८१० रुपैयाँ बिगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ। आर्थिक वर्ष २०७८/७९ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका औषधि खरिदका क्रममा अनियमितता भएको बताइएको छ।

नेपाल सरकारको स:शर्त अनुदान शीर्षकबाट विनियोजित रकममध्ये १७ प्रकारका औषधिहरू पत्रिकामा प्रकाशित मूल्यभन्दा बढीमा खरिद गरिएको र ५ प्रकारका औषधि पत्रिकामा उल्लेखित मूल्यसूचीभन्दा बाहिरबाट खरिद गरिएको अभियोग लगाइएको छ।

नेपाल सरकारको सःशर्त अनुदान शीर्षकबाट विनियोजित रकममध्ये १७ प्रकारका औषधि स्थानीय पत्रिकामा प्रकाशित मूल्यभन्दा बढी मूल्य राखी खरिद गरेरगराएको पाइएको छ ।

यस्तै ३२ प्रकारका औषधिमध्ये १७ प्रकारका औषधि उल्लिखित दररेट भन्दा बढी मूल्यमा खरिद गरेको रकम ३ लाख ४६ हजार ३२० र ५ प्रकारका औषधि पत्रिकामा प्रकाशित औषधिको मूल्यसूची भन्दा बाहिरको औषधिहरु १ लाख १४ हजार ४९० रहेको थियो ।

दुबै गरेर ४ लाख ६० हजार ८१० रुपैयाँ नेपाल सरकार र सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्‍याएको पाइएको छ । आयोगले औषधि खरिद प्रक्रिया र मूल्य निर्धारणमा गरिएको गम्भीर त्रुटिका कारण भ्रष्टाचार मुद्दा चलाएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077