Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

फरार प्रतिवादी १५ वर्षपछि पक्राउ

फरार प्रतिवादी १५ वर्षपछि पक्राउ

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ परेका छन् ।

०६७ साल असोज २० गते दोलखाको तत्कालीन गैरीमुदी गाविस–३ का वीरबहादुर तामाङको हत्या गरी फरार रहेकी कमला गोले तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, निज गोलेले वीरबहादुरलाई खुकुरी प्रहार गरी हत्या गरेको मुद्दामा सर्वोच्च अदालतले ०७२ भदौ ११ गते १२ वर्ष कैद ठहर गरेको थियो ।

दोलखाको वैतेश्वर गाउँपालिका–१ की ४७ वर्षीया कमला कर्तव्यलगत्तै फरार भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077