Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मदिरा नदिएको निहुँमा मध्यरात दम्पतीको बीभत्स हत्या

मदिरा नदिएको निहुँमा मध्यरात दम्पतीको बीभत्स हत्या

बिहिवार , मंसिर २०, २०८१

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका-१ का ४५ वर्षीय रमेश बडायक दम्पतीको गत कार्तिक ८ गते राति धारिलो हतियार प्रहार हत्या भयो ।

दोस्रो दिन अर्थात ९ कार्तिकमा बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको शब हत्या गरेको अवस्थामा घरमै शव भेटियो । तर कञ्चनपुर प्रहरीले हत्यामा संलग्नको पहिचान गर्न सकेन् ।

प्रहरीले सो घटनाको अनुसन्धान गर्न नसकेपछि प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीसँग पनि प्राविधिक सहयोग मागेको थियो ।

सो टोलीले हत्यामा संलग्न भएको आरोपमा लालझाडी गाउँपालिका-२ बस्ने ५० वर्षीय गंगाराम रानालाई झण्डै डेढ महिनापछि पक्राउ गर्न सफल भएको हो ।

कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार प्रारम्भिक बयानका क्रममा रानाले बडायक दम्पतीको हत्या गरेको स्वीकार गरेका छन् । ८ कार्तिकको राति मदिरा सेवन गरेर बडायकको नास्ता पसलमा पुगेका रानाले मदिरा नदिएको निहुँमा आवेशमा आएर धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् ।

बडायकको हत्यापछि घरको बरण्डामा झुलभित्र सुतिरहेकी उनकी श्रीमतीको पनि हत्या गरेको रानाले बयान दिएको प्रहरीले जनाएको छ । रानालाई पक्राउ गरेर कञ्चनपुर प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077