Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

वाइडबडी भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्वमन्त्री शाहीले पाए सफाइ

वाइडबडी भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्वमन्त्री शाहीले पाए सफाइ

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । वाइडबडी विमान खरिदमा भ्रष्टाचार प्रकरणमा मुछिएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले सफाइ पाएका छन् ।

बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राई र न्यायाधीश रितेन्द्र थापाको इजलासले नेपाली कांग्रसका नेतासमेत रहेका शाहीलाई सफाइ दिएको हो ।

विशेषले नेपाल वायु सेवा निगमबाट हुने विमान खरिदबापतको रकममध्ये 'कमिटमेन्ट शुल्क' भुक्तानी गर्न अमेरिकी डलर सटहीका लागि 'मन्त्रीको हैसियतमा सिफारिसको टिप्पणी सदर गरेको मात्र कार्यले उनको बदनीयतपूर्ण संलग्नता रहेको भन्न नमिल्ने' ठहर गरेको छ ।

'तसर्थ, निज प्रतिवादी जीवनबहादुर शाहीविरुद्धको आरोप दाबी प्रमाणबाट पुष्टि हुन नआएकाले निजले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ,' फैसलामा भनिएको छ ।

शाही कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन् । मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका थिए । यस्तै विशेष अदालतले नेपाल वायुसेवा निगमको दुई वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालिन अध्यक्ष सहित चार जनालाई दोषी ठहर गरेको छ ।

विहीबार अवेर फैसलाको संक्षिप्त आदेश सार्वजनिक गर्दै विशेष अदालतले तत्कालीन अध्यक्ष शंकरप्रसाद अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, सञ्चालक समितिका सदस्यहरू बुद्धिसागर लामिछाने र शिशिरकुमार ढुंगानालाई दोषी ठहर गरेको हो ।

१० फागुन २०७३ मा स्थापित उक्त कम्पनीले एयरबस कम्पनीबाट दुईवटा वाइडवडी विमान खरिद गरी २४ अर्ब रुपैयाँमा नेपाल वायुसेवा निगमलाई बेचेको थियो ।

अख्तियारले उनीहरूमाथि नेपाल वायुसेवा निगमलाई नोक्सान हुने गरी वाइडबडी विमान खरिद सम्झौता गरेको र त्यसबापत भुक्तानी लिएर भ्रष्टाचारको मतियार बनेको आरोप लगाएको थियो ।

वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ चैत, २०८० मा विशेष अदालतमा ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077