Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

ट्रामाडोलसहित नागढुङ्गाबाट एक जना पक्राउ

ट्रामाडोलसहित नागढुङ्गाबाट एक जना पक्राउ

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । प्रहरीले नागढुङ्गा चेकप्वाइन्टबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित एक जनालाई पक्राउ गरेको छ ।

काँकडभिट्टाबाट काठमाडौं आउादै गरेको बा.प्र. ०१ ००६ ख ५९४५ नम्बरको यात्रुवाहक बसलाई रोकी चेक गर्दा बसमा सवार २२ वर्षीय आकाश लाम्बुको झोलाबाट ट्रामाडोल फेला पारेको हो।

उनको कालो रंगको झोलाबाट लागूऔषध ट्रामाडोल ५०० ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

ताप्लेजुङ घर भई हाल काठमाडौंको शंकरापुर नगरपालिका, वडा नम्बर–७ मा उनी बस्दै आएका थिए ।

पक्राउ परेका लाम्बुबारे प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077