Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, अश्रुग्यास प्रहार

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, अश्रुग्यास प्रहार

शनिवार , मंसिर २२, २०८१

धरान । सुनसरीको हरिनगर गाउँपालिका–४ मा टिपर गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

हरिनगरको मुख्य बजारस्थित भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को१ख ६४३१ नम्बरको टिपरले ठक्कर दिँदा देवानगन्ज गाउँपालिका–७ का ४५ वर्षीय झलु उरावको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।

टिपरको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै शनिबार दिउँसो करिब ३ः३० बजे मृत्यु भएको उपरीक्षक तिमल्सिनाले बताए । उक्त घटनापछि स्थानीयले टिपरमा आगजनी गर्न खोजेपछि भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको उनले जानकारी दिए ।

ठक्कर दिने गाडी र चालक इटहरी उपमहानगपालिका–१६ का ३३ वर्षीय अब्दुल रहमान अन्सारीलाई इलाका प्रहरी कार्यलय देवानगन्जले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077