Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कैलालीबाट करिब १२ ग्राम खैरो हेरोइनसहित सातजना पक्राउ

कैलालीबाट करिब १२ ग्राम खैरो हेरोइनसहित सातजना पक्राउ

आइतवार , मंसिर २३, २०८१

धनगढी । कैलालीमा करिब १२ ग्राम लागुऔषधसहित सातजना पक्राउ परेका छन् । लागु औषध ब्युरो धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतको प्रहरी टोलीले विभिन्न स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–४, भाटभटेनी नजिकका २७ वर्षीय महेश भट्ट, धनगढी–१२, पट्टीघाटका १८ वर्षीय राजेश राना र २५ वर्षीय राम गोपाल राना, जानकी गाउँपालिका–९, खैरीफाटाका १९ वर्षीय सचिन रावल, धनगढी–४, यातायात कार्यालय नजिकका २८ वर्षीय गोपाल रामजाली मगर, धनगढी–८, संगम टोलका २८ वर्षीय सुरेश चौधरी, र धनगढी–१ का २८ वर्षीय मनिष चौधरी रहेका छन् ।

कैलाली प्रहरीका अनुसार महेशको साथबाट २.४७ ग्राम, राजेश र राम गोपालको साथबाट १.३४ ग्राम, सचिनको साथबाट ३.९८ ग्राम, गोपाल रामजालीको साथबाट ५१० मिलिग्राम, सुरेशको घरबाट १.५९ ग्राम, र मनिषको साथबाट १.८४ ग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

जम्मा ११.७३ ग्राम खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077