Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सिरियाका राष्ट्रपति असदले छाडे देश

सिरियाका राष्ट्रपति असदले छाडे देश

आइतवार , मंसिर २३, २०८१

एजेन्सी । सिरियामा विद्रोही लडाकुहरूको आक्रमणपछि राष्ट्रपति बसर अल असदले देश छाडेका छन्।

आइतबार बिहानदेखि सिरियाका मुख्य मुख्य सहर कब्जा गर्दै विद्रोही लडाकुहरू राजधानीतर्फ अघि बढेपछि राष्ट्रपति असदले देश छाडेका हुन् ।

विद्रोही समूहल हयात तहरीर अल-शाम (एचटीएएस)ले पनि राष्ट्रपतिले देश छाडेको दाबी गरेको छ।

पाँच दशकदेखि असदको सत्ताका कारण विस्थापित भएकाहरु स्वतन्त्र देशमा फर्कन सक्ने र जेलमा रहेकाहरु पनि अब त्यहाँबाट स्वतन्त्र हुने बताएका छन्।

तर राष्ट्रपति असद कहाँ गए भन्नेबारेमा भने खुलेको छैन। यद्यपि राष्ट्रपतिले देश छाडेको भन्ने विषयमा यसअघि असदको कार्यालयले विज्ञप्ती जारी गरेर झुटा सूचना भनेको थियो।

विज्ञप्तीमा राष्ट्रपति दमास्कसमै रहेको र आफ्नो जिम्मेवारीअनुसारको काम गरिरहेको भनिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077