Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

म्याद थपका लागि रविलाई अदालतमा उपस्थित गराइयो

म्याद थपका लागि रविलाई अदालतमा उपस्थित गराइयो

आइतवार , मंसिर २३, २०८१

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालत पेश गरिएको छ ।

सहकारीको रकम अपचलन मुद्दामा पूर्वगृहमन्त्री लामिछानेलाई प्रहरीले म्याद थपका लागि कास्की अदालतमा पेश गरेको हो।

यसअघि जिल्ला अदालत कास्कीले लामिछानेमाथि थप अनुसन्धान गर्न दिएको म्याद सकिएसँगै उनलाई आज पुन: अदालत उपस्थित गराइएको कास्की प्रहरीले जनाएको छ।

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमै रहेका बेला लामछानेलाई बुटवल,काठमाडौं र चितवनमा बयानका लागि लगिएको थियो। सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ।

सहकारीको रकम गोरखा मिडियाबाट अपचलन गरेको भन्दै प्रहरीले लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो। लामिछानेविरुद्ध किर्तेसहित संगठित अपराधमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ।

सहकारीसम्बन्धी संसदीय विशेष समितिले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित चारजनालाई कारबाही गर्न सिफारिस गरेको थियो। सोही सिफारिसको आधारमा लामिछाने पक्राउ परेका थिए।

समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने,सदस्य कुमार रम्तेल र सञ्चालक छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077