Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुनकी पत्नीविरुद्ध पक्राउ पुर्जी जारी

पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुनकी पत्नीविरुद्ध पक्राउ पुर्जी जारी

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनकी पत्नीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा पुनकी पत्नी सविना आले मगरविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो ।

मगरविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले बतायो ।

माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका महासचिव पुनकी पत्नी सविना स्वर्णलक्ष्मीमा लेखा समिति सदस्यको रूपमा आवद्ध थिइन् । सो सहकारीको अपचलनबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा काठमाडौं प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित २४ जनाविरुद्ध अनुसन्धान गरिरहेको छ ।

पूर्वराष्ट्रपति पुनका छोरा दीपेश पनि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी घोटाला प्रकरणमा पक्राउ परेर धरौटीमा छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077