Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

संविधान संशोधनको विषयमा माओवादीसँग कुरा मिल्ने स्थिति छैन : शंकर पोखरेल

संविधान संशोधनको विषयमा माओवादीसँग कुरा मिल्ने स्थिति छैन : शंकर पोखरेल

आइतवार , मंसिर २३, २०८१

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान संशोधन राष्ट्रियसभा सदस्यको निर्वाचनपछि अघि बढ्ने बताएका छन्।

दाङको लमहीमा नेकपा एमाले क्षेत्र नम्बर १ समन्वय कमिटीले आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

उनले संविधान संशोधनको काम उचित समयमा सुरु गरिने बताए।

महासचिव पोखरेलले भने,‘हामी दुई वटा राजनीतिक दल मिल्नुको कारण सरकार मात्रै होइन। राजनीतिक स्थायित्वको आधार तयार गर्न संविधान र कानुनमा सुधार गर्ने गरी दुई ठूला दलको बीचमा समिकरण बनेको हो। राष्ट्रिय सभामा हाम्रो पक्षको दुई तिहाइ छैन। दुई तिहाइ नपुग्दासम्म संविधान संशोधनको एजेन्डा अघि बढ्न सक्दैन। संविधान संशोधनको विषयमा माओवादीसँग कुरा मिल्ने स्थिति छैन। डेढ वर्ष पछाडि राष्ट्रिय सभाको निर्वाचनपछि त्यहाँको संरचना बदलिन्छ, त्यसपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ।’

महासचिव पोखरेलले एमालेलाई आगामी ८४ को निर्वाचनमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने दिशामा अहिले देखिनै सशक्त भएर खट्न कार्यकर्तालाई निर्देशन दिए।

उनले अहिले सरकारमा रहेका दलहरु एक्लाएक्लै प्रतिस्पर्धा हुने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077