Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय सर्वोच्चबाट सदर

पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय सर्वोच्चबाट सदर

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । सर्वोच्च अदालतले मानव तस्करीमा सरकारी वकिलको कार्यालयबाट सफाई पाएका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीविरुद्धको रिट दरपीठ गर्ने निर्णय सदर गरेको छ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय सदर गर्न आदेश दिएको हो ।

गत १० मंसिरमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको थियो ।

अधिकारीलाई मुद्दा नचल्ने भनी गरेको निर्णय बदनियतपूर्ण भएकाले तत्काल बदर हुनुपर्ने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको माग थियो ।

त्रिपाठीले दायर गरेको निवेदनको सुनुवाइ गर्दै न्यायाधीश चुडालको इजलासले कानुनबमोजिम गर्न आदेश गरेको हो ।

पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान उडेका थिए ।

उनले असम्बन्धित व्यक्तिलाई आफूसँगै कार्यक्रममा लगेको आरोप लागेको थियो । जापानको अध्यागमनले मन्त्री अधिकारीसहित तीन जनालाई नै डिपोर्ट गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077