Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

चितवन प्रहरीको प्रष्टीकरण - रवि लामिछानेलाई सहमतिमै पोखरा लगिएको हो

चितवन प्रहरीको प्रष्टीकरण - रवि लामिछानेलाई सहमतिमै पोखरा लगिएको हो

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहमतिमै पोखरा लगिएको प्रष्टीकरण दिएको छ ।

सभापति लामिछानेलाई राति नै पोखरा लगिएको विषयमा आज विज्ञप्ति जारी गर्दै चितवन प्रहरीले उक्त प्रष्टीकरण दिएको हो ।

चितवनको साहारा सहकारीको रकम अपचलनसम्बन्धी बयान सकिएपछि लामिछानेलाई राति नै पोखरा लगिएको थियो ।

यससम्बन्धी शुक्रबार मात्रै रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले विज्ञप्ति जारी गरेर मानव अधिकारकर्मीलाई समेत गुहारेका थिए । यसपछि चितवन प्रहरीले आज प्रष्टोक्ति दिएका हो ।

चितवन प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, 'उहाँलाई सहमतिमै पोखरा लगिएको हो, उहाँलाई साढे तीन बजे पुर्‍याइएको थियो । उहाँले जान्नँ भन्नुभएको भए लगिँदैनथ्यो । चितवनमा रवि लामिछानेको साथमा डायरी थिएन । उहाँको डायरी हामीले देखेनौँ ।'

रास्वपाले त अझ सुतिरहेका लामिछानेलाई उठाएर रातारात पोखरा लगिएको बताएको छ । सरकारको सिधा निर्देशनमा लामिछानेलाई सुत्नसमेत नदिइ रातरात पोखरा पुर्‍याइएको बताएको छ ।

सहकारी ठगीसम्बन्धी मुद्दामा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई बुटवल, काठमाडौं र चितवन पुर्‍याइसकिएको छ । अब उनलाई वीरगञ्ज पुर्‍याउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077