Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

काठमाडौंका दुई स्थानबाट १६ जना जुवाडे पक्राउ

काठमाडौंका दुई स्थानबाट १६ जना जुवाडे पक्राउ

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । काठमाडौंका दुई स्थानबाट १६ जना जुवाडे पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–१५, डल्लुका ६० वर्षीय दिलबहादुर लाम्गादेको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित सात जनालाई शनिबार दिउँसो पक्राउ गरिएको हो ।

नगद ६३ हजार २८० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

यस्तै, नागार्जुन नगरपालिका–३, गैरीगाउँका हर्कबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका ४७ वर्षीय दोर्जे लामासहित नौ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077