Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

एक सातामा पनि हुन सकेन बढुवा भएका डीआईजीको पदस्थापन

एक सातामा पनि हुन सकेन बढुवा भएका डीआईजीको पदस्थापन

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । सत्तारुढ दलहरुबीच कुरा नमिल्दा नेपाल प्रहरीका आठ डीआईजी एक सातादेखि जिम्मेवारीविहीन बनेका छन् । गत साता बढुवा भएर फुली लगाएकाहरुले अझै जिम्मेवारी पाएका छैनन् ।

गत १६ मंसिरमा गृहमन्त्री रमेश लेखकले ध्रुबराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई डीआईजीमा बढुवा गरेका थिए ।

भोलिपल्ट उनीहरूले दर्ज्यानी चिन्ह लगाएका थिए । एक साता बित्दा पनि जिम्मेवारी नपाएपछि उनीहरू रुष्ट बनेका छन् । स्रोतका अनुसार पदस्थापनसँगै केही डीआईजीको सरुवाको पनि तयारी भइरहेको छ ।

त्यसमा सत्तारुढ दलहरू कांग्रेस र एमालेबीच कुरा मिलेको छैन । केही प्रदेशका प्रमुखहरू समेत हेरफेरको तयारी भइरहेको छ । आईजीपी बसन्तबहादुर कुँवरले आफ्नै ब्याचका भोला रावल, धुव्र राउत र गणेश चन्दलाई अवकाशको मुखमा इन्चार्ज दिन चाहेका छन् ।

तर, त्यसमा गृहमन्त्री रमेश लेखक तयार देखिएका छैनन् । अर्कोतर्फ बढुवा भएका अन्य पाँच जना गुप्तचरका टोलीका डीआईजीहरु पनि राम्रो पोष्टिङको लबिइङमा लागेका छन् ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भरतपुर तालिम केन्द्र रिक्त छ भने उपत्यका ट्राफिकको नेतृत्व तीन सातापछि रिक्त हुँदैछ । अर्कोतर्फ गत जेठमा बढुवा भएका दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी पनि प्रदेश जाने योजनामा छन् ।

चैतमा एआईजीमा बढुवा हुने भएकाले उनीहरूलाई त्यसअघि अनुभवका लागि पनि प्रदेश इन्चार्जमा पठाउनुपर्ने अवस्था छ ।

अर्कोतर्फ गण्डकी प्रदेशकी डीआईजी दुर्गा सिंह चन्द र उपत्यका ट्राफिकका भरतबहादुर बोहरालाई एआईजीमा बढुवा सिफारिस गरी रिक्त हुने स्थानमा डीआईजीलाई पठाउनेबारे पनि छलफल भइरहेको स्रोत बताउँछ ।

एआईजी केदार ढकालले शुक्रबार अवकाश पाइसकेका छन् भने अर्का एआईजी भिम ढकालले बुधबार अवकाश पाउँदैछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077