Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

दमकबाट प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने ११ जना पक्राउ

दमकबाट प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने ११ जना पक्राउ

आइतवार , मंसिर २३, २०८१

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृहनगर दमकमा कालो झण्डा देखाउने ११ जना पहिचानवादी पक्राउ पक्राउ परेका छन् ।

जिल्ला दमक नगरपालिका–३ मा डेढ अर्बभन्दा बढीको लागतमा बनेको भ्युटावर (बिजनेस कम्प्लेक्स) उद्घाटन गर्न जाँदै गर्दा आइतबार दिउँसो दमक चौकको आकाशे पुलनजिक पहिचानवादीहरुले ओलीलाई कालो झण्डा देखाएका थिए ।

त्यसक्रममा प्रहरीले ११ जना पहिचानवादीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा एल पी पालुङवा, केदार धिमाल, मातृका धिमाल, गंगा राई शेर्मा, बिक्रम वनेम राई, याम लोरिङ्देनलगायत रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । आइतबार बिहान ओलीलाई मेचीनगरमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले कालो झण्डा देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077