Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

गढिमाई मेलास्थलबाट दुई थान पेस्तोलसहित एकजना पक्राउ

गढिमाई मेलास्थलबाट दुई थान पेस्तोलसहित एकजना पक्राउ

सोमवार , मंसिर २४, २०८१

सर्लाही । प्रहरीले गढीमाई मेलास्थलबाट दुई थान पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

आइतबार साँझ बलरा नगरपालिका–६, मिर्जापुर निवासी इन्दल सहनीका अन्दाजी १८ वर्षीय छोरा गोलु भनिने अमरजितकुमार सहानीलाई दुई थान पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो ।

गढिमाई मेलास्थलमा हतियार देखाउँदै झैझगडा गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बलराबाट खटिएको प्रहरी टोलीले सहनीलाई पक्राउ गरेको जनाएको छ ।

सहनीका साथबाट एक थान चाइनिज पेस्तोल र एक थान नलकटुवा पेस्तोल बरामद गरेको बताइएको छ । बरामद पेस्तोलसहित युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077