Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रवि लामिछानेलाई विमानस्थल लगियो, पर्सा लैजाने तयारी

रवि लामिछानेलाई विमानस्थल लगियो, पर्सा लैजाने तयारी

सोमवार , मंसिर २४, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा विमानस्थल पुर्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई पर्साको वीरगञ्जस्थित सानो पाइला सहकारीको रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि पर्सा लैजान विमानस्थल पुर्याइएको हो।

पर्साको सानो पाइला सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको उनीमाथि अभियोग छ ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष जीबी राईसँग मिलेर सभापति लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

सभापति लामिछाने र सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष जीबी राई व्यापारिक साझेदार हुन् ।

उनीहरूले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077