Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कलेज सञ्चालक नै उपकुलपतिको दौडमा

कलेज सञ्चालक नै उपकुलपतिको दौडमा

सोमवार , मंसिर २४, २०८१

काठमाडौं । पोखरा विश्वविद्यालयको उपकुलपति बन्नको लागि कलेज संञ्चालकले नै दौडधुप गरिरहेका छन्।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज अफ इन्जिनियरिङ्ग एण्ड मेनेजमेन्ट र अल्पाइन मेनेजमेन्ट कलेज प्रालिका संञ्चालकले उपकुलपति बन्न दौडधुप थालेका हुन्।

उपकुलपति बन्नका लागि कलेज सञ्चालक प्राडा बेद राज केसीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीलाई दबाव दिन थालेका हुन्।

बौद्धिक चोरीको आरोप समेत लागेका केसीले उपकुलपति वन्नकै लागि दौडधुपमा लागेको स्रोतले बतायो। पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाको आवेदन स्वीकृत भएको थियो।

तोकिएको मितिभित्र १५ जनाको आवेदन परेकोमा कागजात नपुगेको भन्दै ३ जानको नाम छनोट सिफारिस समितिले अस्वीकृत गरेको थियो ।

तर आफै कलेजको संञ्चालक रहेका केसीले उपकुलपति बनाउनका लागि एमाले नेताहरुलाई अनुरोध गर्दै हिड्ने गरेका छन् । हाल उनी प्रगतिशिल प्राध्यापक संगठनका अध्यक्ष पनि हुन् ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज, कलेज अफ इन्जिनियरिङ्ग एण्ड मेनेजमेन्ट र अल्पाइन मेनेजमेन्ट कलेज प्रा. लि. का सञ्चालक पोखरा विश्वविद्यालयको उपकुलपति वन्नको लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई दबाव दिएका छन् ।

हाल उनि प्रगतिशिल प्राध्यापक संगठनका अध्यक्ष पनि हुन् । संगठनको अध्यक्ष भएकाले उनले एमालेका नेताहरुलाई अनुरोध गर्दै हिडेका छन ।

विश्वविद्यालयको गुणस्तर सुधार गर्नका लागि राजनितिक हस्तक्षेप हुन नदिन माननिय शिक्षा मन्त्री तथा नेपाल सरकारको पहल हुँदा हुँदै पनि पार्टी निकट प्राध्यापक संगठनका अध्यक्ष नै उपकुलपति वन्न तम्सिए पछि उच्च शिक्षावाट के आश गर्ने यूवाहरुले, यहि कारण पनि नेपालमा उच्च शिक्षाको गुणस्तर खस्किएको भन्दै हजारौंको संख्यामा नेपाली युबाहरू विदेश अध्ययन गर्न गइरहेको सन्दर्भमा कलेज संचालक एवं संगठनका अध्यक्ष नै उपकुलपति वन्ने दौडमा लागे पछि नेपालको उच्च शिक्षावाट के आश गर्न सकिन्छ र ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077