Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

५५९ ग्राम सुनसहित दुई जना पक्राउ

५५९ ग्राम सुनसहित दुई जना पक्राउ

सोमवार , मंसिर २४, २०८१

काभ्रे । काभ्रे प्रहरीले ५५९.७ ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोक बनेपा नगरपालिका १३ को डठु टोलमा गोप्य सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ का ३७ वर्षीय वसन्तकुमार लामा र बनेपा नगरपालिका-५ घोगेचौर बस्ने २९ वर्षीय अमृत श्रेष्ठ रहेका छन् ।

काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको वाग्मती एडी ८६०१ नम्बरको नीलो रंगको कारलाई रोक्दा सिटमुनि पत्रिकामा पोका पारी लुकाइराखेको ५५९.७ ग्राम सुन फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बरामद सुनको मूल्य ७१ लाख ८३ हजार ४ सय ६९ रुपैयाँ रहेको पनि प्रहरीले जनाएको छ ।

प्रहरीले कारचालक बसन्तकुमार लामा र सोही कारमा सवार अमृत श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077