Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

सोमवार , मंसिर २४, २०८१

सर्लाही । आफ्नै आमाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरेको छ ।

६५ वर्षीया फुल कुमारी देवीको हत्या गरेको अभियोगमा विष्णु गाउँपालिका-६ सिमरा बस्ने ३२ वर्षीय भगलु मण्डललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

घरायसी बिवादको क्रममा भगलुले कुटपिट गर्दा फुल कुमारी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फेन्हराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएकी फुल कुमारीको थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077